नेपाल रेडक्रस सोसाइटीका प्रमुख कार्यकारी अधिकृतलाई ज्ञापनपत्र

काठमाडौं– ‘गुणस्तरको नाममा रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको व्यापार नगरौं’ भन्ने मूल आह्वानका साथ नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको नेतृत्वमा नेपाल रेडक्रस सोसाइटीका प्रमुख कार्यकारी अधिकृत उमेश ढकाललाई सोमबार ज्ञापनपत्र बुझाएको छ ।

तीन घण्टा लामो छलफलपश्चात अर्को वार्तापछि शुल्क समायोजनमा सहमति जुटाएर मात्र अघिबढ्ने नेपाल रेडक्रस सोसाइटीका कार्यकारी अधिकृत उमेश ढकाल, केन्द्रीय रक्त सञ्चार सेवाका अप्राविधिक निर्देशक दिव्यराज पौडेल र उपनिर्देशक डा. प्रकाश यादवले संयुक्त रूपमा प्रतिबद्धता व्यक्त गर्दै पुरानै परीक्षण शुल्क कार्यान्वयन गर्न मातहतका कर्मचारीलाई निर्देशनसमेत दिनु भयो ।

‘गुणस्तरीय परीक्षण गरी निःशुल्क रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरू वितरण गर्नु नै स्वयंसेवी रक्तदाताहरूले दानमार्फत प्रदान गरिएको रगतको उच्च सम्मान र इज्जत प्रदान गर्नु हो,’ समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले बताए ।

छलफल कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज १३ वडा नगर समितिका अध्यक्ष नीरू महर्जन, १९ वडा नगर समितिका अध्यक्ष विनोद खड्गी, २० वडा नगर समितिका अध्यक्ष राम रञ्जित, २४ वडा नगर समितिका अध्यक्ष सुरेश सिलाकार, २० वडा नगर समितिका सचिव राजेश मानन्धर, ३० वडा नगर समितिका सदस्य राधेश्याम मिश्र, सदस्य निशान थापा र सुबोध शाक्यलगायतको उपस्थिति रहेको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -