भक्तपुर चेम्बर उत्कृष्ट जिल्ला चेम्बर

काठमाडौं– भक्तपुर चेम्बर अफ कमर्स उत्कृष्ट जिल्ला नगर चेम्बर घोषित भएको छ । नेपाल चेम्बर अफ कमर्सको ७१ औं वार्षिक साधारणसभा एवं चेम्बर दिवस–२०७८ को उद्घाटन समारोहका अवसरमा भक्तपुर चेम्बरले उक्त सम्मान प्राप्त गरेको हो ।

समारोहका प्रमुख अतिथि सभामुख अग्नीप्रसाद सापकोटाले भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरलाई उत्कृष्टताको कदरपत्रका साथै दोसल्ला ओढाई सम्मान गरेका थिए ।

संस्थागत विकास तथा उद्यमी व्यवसायीहरुको हक हितार्थ चेम्बर गतिविधिहरुलाई विस्तार गर्न प्रशंसनीय भूमिका निर्वाह गर्न सफल भएकोमा भक्तपुर चेम्बर अफ कमर्स उत्कृष्ट जिल्ला नगर चेम्बरबाट सम्मानित भएको हो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -