हिसान अध्यक्षमा सिलवाल सर्वसम्मत

काठमाडौं– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को आठौं राष्ट्रिय महाधिवेशनले रमेशकुमार सिलवालको नेतृत्वमा ६१ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
काठमाडौंमा चैत्र २५ र २६ गते सम्पन्न महाधिवेशनले समितिको वरिष्ठ उपाध्यक्षमा युवराज शर्मा, नवराज पाण्डे, भेषराज पोखरेल, उपाध्यक्षमा टंकराज आचार्य, जीवनप्रकाश शर्मा, उमेश थापा, रामेश्वर अर्याल, डा. स्वागत श्रेष्ठ, ईश्वर पोखरेल, धरणीधर अधिकारी, हरिचन्द्र लामिछाने, रामहरी सिलवाल, लोकनाथ उपाध्याय, नारायण उपाध्याय, दीपेन्द्र भण्डारी, डा. लालबाबु यादव, बाबुराम पन्त छन् ।
त्यस्तै महासचिवमा लोकबहादुर भण्डारी, सचिवमा जयराम खनाल, डा. ऋषि तिवारी, राजेन्द्र अधिकारी, तीर्थ पोखरेल, कृष्ण केसी, आरवी अधिकारी, कोषाध्यक्षमा वीरेन्द्र जयना र सहकोषाध्यक्षमा नरेन्द्रबहादुर अधिकारीलाई चयन गरिएको छ ।
नयाँ कार्यसमिति सदस्यहरुमा प्रेम भट्टराई, रुपक खनाल, गंगा चौलागाई, मुकन्द घिमिरे, शंकर भट्टराई, राजेश कार्की, बलराम पन्त, भुपेन्द्र धिताल, नरेश श्रेष्ठ, विष्णुराज पौडेल, के.आर.राई, डा. नरबहादर विष्ट, पवित्रा लिम्वु, जीवन लामा गोले, भवानी पौडेल, ई. अरुण भण्डारी, हरिकृष्ण अर्याल, हरी मास्के, सुमन गोपाल आचार्य, डा. अरविन्द्र दत्त मिश्र, लक्ष्मण बुढाथोकी, शसी स्वार, उदयराज पौडेल, दामोदर भुषाल, कृष्ण पौडेल, डा. भोजराज पन्त, ई. हरी भण्डारी, दीपक कुवँर, याम रोका, यमप्रसाद शर्मा, लिलावती प्रधान, बाबुशाहेब यादव, डा. सोनुसाह, विनोद कुमार उपाध्याय र राधाप्रसाद यादव छन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -