सहयोगी साकोस बालकुमारीको खुल्ला रक्तदान

मध्यपुर थिमि । सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्था लि., बालकुमारी, मध्यपुर थिमिले शनिबार खुल्ला रक्तदान आयोजना गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी, भक्तपुर रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग आयोजित उक्त रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरिएको थियो ।
रक्तदाताहरुलाई संस्थाले प्रमाणपत्र तथा भित्ते घडी एक थान उपहार प्रदान गरिएको संस्थाका कोषाध्यक्ष प्रदिप श्रेष्ठले जानकारी दिनुभयो ।
संस्थाले सदस्यहरुलाई बित्तिय सेवा तथा बिभिन्न समयमा सामाजिक उत्तरदायित्व अन्तरगत कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -