नेकपा एमालेले काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने भएको छ ।
शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो ।
जसअनुसार ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ ।
भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ । दुबै महानगरको उमपेयरको उम्मेदवार तोकिएको छैन ।
धनगढी
प्रमुख: रणबहादुर चन्द
उप प्रमुख: कन्तकला थारु

नेपालगञ्ज
प्रमुख: पशुपतिदयाल मिश्र
उप प्रमुख: शान्तिदेवी ढकाल

तुलसीपुर
प्रमुख: टीकाराम खड्का
उपप्रमुख: ज्ञानी चौधरी

घोराही
प्रमुख: नरुलाल चौधरी
उपप्रमुख: मनकुमारी केसी

बुटवल
प्रमुख बाबुराम भट्टराई
उपप्रमुख: सावित्रादेवी अर्याल

हेटौंडा
प्रमुख: अनन्त पौडेल
उपप्रमुख: सुमित्रा काप्रे

कलैया
प्रमुख: विनोद साह
उपप्रमुख: बाँकी

धरान
प्रमुख: मञ्जु भण्डारी
उपप्रमुख: पदम लिम्बु

इटहरी
प्रमुख: यमकुमार सुब्बा
उपप्रमुख: संगीता चौधरी

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -