स्थानीय तहको निर्वाचनका लागि पहिलो दिन मध्यपुर थिमिमा चार जनाले दिए मेयरमा उम्मेदबारी

भक्तपुर । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार दर्ता गर्ने पहिलो दिन मध्यपुर थिमिमा चार जनाले आइतबार मेयरमा उम्मेदवारी मध्यपुर थिमि नगरपालिकाको निर्वाचन कार्यालयमा नाम दर्ता गरेका छन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको नाम दर्ता गर्ने पहिलो दिनमा मध्यपुर थिमिमा १ उपप्रमुख, १ वडाध्यक्ष र २ वडा सदस्यको लागि पनि उम्मेदवारी परेको जनाएको छ।
यसै गरी भक्तपुर नगरपालिकाको निर्वाचन कार्यालयमा ३ जना प्रमुख, १ जना उपप्रमुख र ८ जनाले वडाअध्यक्ष पदमा नाम दर्ता गराएका हुन् ।
यसैगरी चाँगुनारायण नगरपालिकामा २ प्रमुख, १ उपप्रमुख, २ वडाध्यक्ष र सुर्यविनायक नगरपालिकामा २ प्रमुख, २ वडाध्यक्षले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।
भक्तपुरमा ६ राष्ट्रिय दल र अन्य २८ दल सहित ३४ दलहरु आसन्न स्थानिय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा दर्तामा रहेको छ ।
आचारसहिता पूरा गरी आउनेलाई उम्मेदवार दर्ताका लागि भोलि विहानदेखि नै कर्मचारी परिचालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -