मध्यपुर मेयरमा ज्वाइँ-जेठान प्रतिस्पर्धा हुने

भक्तपुर । वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा मेयर पदका लागि मध्यपुर थिमि नगरपालिकाका लागि ज्वाई र जेठान बीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपाली कांग्रेसको तर्फबाट मध्यपुर थिमिमा नगर प्रमुखमा सुरेन्द्र श्रेष्ठलाई उम्मेदवारी तोकिएको छ । एमालेको तर्फबाट नगर प्रमुखमा मदनसुन्दर श्रेष्ठ दोहोरिने भएको छ । नेपाली कांग्रेसका सुरेन्द श्रेष्ठ हालका नगर प्रमुख मदनसुन्दर श्रेष्ठका जेठान हुन् ।

यसैगरी नेकपा एमालेले सूर्यविनायक नगरपालिकामा नगर प्रमुखमा बासुदेव थापालाई दोहोर्याउने भएको छ भने नेपाली कांग्रेसले निशान ढुङ्गेललाई उम्मेदवारी तोकिएको छ ।

त्यस्तै चाँगुनारायण नगरपालिकामा हालका उममेयर बिना बास्तोलालाई र भक्तपुर नगरपालिकामा रविन्द्र लाछिमस्युलाई मेयरमा उम्मेदवार बनाइएको छ ।

नेपाली कांग्रेसले चाँगुनारायण नगरपालिकामा जीवन खत्री र भक्तपुर नगरपालिकामा रामप्रसाद कासुलालाई उम्मेदवार बनाएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -