कांग्रेसले भक्तपुरमा पहिलो खाता खोले

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं. ५ मा दलित महिला सदस्य पदमा नेपाली कांग्रेसकी लक्ष्मी देउला (पोडे) निर्विरोध निर्वाचित भएका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि कांग्रेसले भक्तपुर जिल्लामै पहिलो खाता खोलेको हो ।

निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय, भक्तपुर जिल्ला, मध्यपुर थिमि नगरपालिकाबाट शुक्रबार जारी विज्ञप्तिमा नेपाली कांग्रेसका दलित महिला सदस्य पदमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको उल्लेख गरेको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -