भक्तपुरमा नेमकिपाका दुई उम्मेदवार निर्विरोध

भक्तपुर । भक्तपुर नगरपालिकाको वडा नं. ५ र वडा नं. १० का दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

वैशाख ३० गते हने स्थानीय तहको निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी दिएकामध्ये दुई सदस्य निर्विरोध भएका हुन् ।

निर्विरोध भएकामा भक्तपुर नगरपालिका वडा नं ५ का दलित महिला सदस्य सरिना द्योला र वडा नं १० का विष्णुमाया कामी रहेकी निर्वाचन अधिकृतको कार्यालय भक्तपुरले जनाएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम उनीहरूलाई निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतले जनाएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -