मध्यपुर थिमि नगरपालिकामा क–कसले उम्मेदवारी फिर्ता लिए ?

भक्तपुर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमि नगरपालिकाका विभिन्न पदमा मनोनयन दर्ता गरेका व्यक्तिहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिनेहरुमा नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्यसम्म रहेका छन् । पार्टीबाट असन्तुष्ट भई बागी उम्मेदवार बनेका व्यक्तिदेखि लिएर केही स्वतन्त्र उम्मेदवारी दिएकाले समेत आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

मध्यपुर थिमि नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दिएका प्रेमकृष्ण प्रजापति, उपप्रमुख पदमा उम्मेदवारी दिएकी प्रमिला सुवेदी आचार्य र दिनेश श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यसैगरी वडा नं. १ का अध्यक्ष पदमा उम्मेदवारी दिएका जगतकृष्ण प्रजापति, शंकरबाबु कोइराला, वडा नं. १ कै सदस्य पदमा उम्मेदवारी दिएका किरण श्रेष्ठ, वडा नं. २ का वडा अध्यक्षमा उम्मेदवारी दिएका ज्ञानी खडका, सुशील रानामगर, प्रेमबहादुर खड्का, जीवनकुमार जोशी, वडा नं. ३ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका श्यामलाल चम्लागाई, सोही वडाको सदस्य पदमा उम्मेदवारी दिएका निर्मला रानाभाट र महिला सदस्य पदमा उम्मेदवारी दिएकी गंगाकुमारी सुवेदीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

वडा नं. ४ का सदस्य पदमा उम्मेवारी दिएका सुमन श्रेष्ठ, वडा नं. ५ का वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका चन्द्रकृष्ण प्रजापति, महिला सदस्य रत्ननानी भासिमा, वडा नं. ७ का वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका बाबुकाजी छुँजु, कृष्णबहादुर घजु, वडा नं. ८ का वडा अध्यक्ष पदका उम्मेदवार ओम जिमा श्रेष्ठ, शैलेन्द्र साहुखल र वडा नं. ९ को सदस्य पदमा उम्मेदवारी दिएका निर्माणकुमार पोखरेलले पनि उम्मेवारी फिर्ता लिएका छन् ।

उनीहरुको नाम उम्मेदवारको नामावली सूचीबाट हटाइएको निर्वाचन अधिकृतको कार्यालय मध्यपुर थिमि नगरपालिकाले जनाएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -