नेकपा एकीकृत समाजवादीका उम्मेदवार एमाले प्रवेश

भक्तपुर । मध्यपुर–थिमि नगरपालिका वडा नं. १ का नेकपा एकीकृत समाजवादी पार्टीबाट वडा अध्यक्ष र वडा सदस्य पदका उम्मेदवार एमाले प्रवेश गरेका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेमा वडा नं. १ का वडा अध्यक्ष उम्मेदवार शंकर कोइराला र वडा सदस्यका उम्मेदवार किरण श्रेष्ठ हुन् । उनीहरुलाई एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजाले पार्टीमा स्वागत गरेका छन् । एमाले प्रवेश गर्ने भएपछि उनीहरुले उम्मेवारी फिर्ता गरेका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -