उम्मेदवारको चुनावी खर्चको अनुगमन सुक्ष्म अनुगमनकर्ताले गर्ने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गरेको खर्चबारे सुक्ष्म अनुगमनकर्ताले विवरण संकलन गरिरहेको जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गरेर आयोगले खर्चको अनुमान गरी पठाउन निर्देशन भएको जानकारी गराएका छन् ।
उनका अनुसार उम्मेदवारले बुझाउने निर्वाचन खर्चको विवरण र सुक्ष्म अनुगमनकर्ताले पेश गरेको विवरण भिडाएर परीक्षण गरिनेछ । उम्मेदवारले निर्वाचन सकिएको ३० दिनभित्र आफ्नो खर्च विवरण आयोगमा पठाउनुपर्ने कानुनी व्यवस्था छ ।
आयोगले स्थानीय तहमा निर्वाचन प्रचार प्रसारका क्रममा भएको आमसभा, जुलुस, हेलिकप्टरको प्रयोग जस्ता महत्वपूर्ण क्रियाकलापको सम्बन्धमा सूक्ष्म रुपमा अनुगमन गरी खर्च विवरणसमेत अनुमान गरी आयोगमा ३० वैशाखअघि नै पठाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई निर्देशन पनि दिएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -