कोरोनाले एसियाली खेलकुद स्थगित

एजेन्सी । चीनमा कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै यस वर्ष सेप्टेम्बरमा हुने एसियाली खेलकुद स्थगित गरिएको छ ।
एसिया ओलम्पिक काउन्सिलले एसियाली खेलकुदको मिति परिवर्तन गर्न सक्ने बताएको छ । नयाँ मिति छिट्टै घोषणा गरिनेछ काउन्सिलले जनाएको छ । एसियाली खेलकुद सेप्टेम्बर १० देखि २५ सम्म चीनको सिनजियाङ प्रान्तको हाङ्झाउलगायत पाँच सहरमा आयोजना हुने थियो ।
चीनमा कोरोना संक्रमित बढ्दै गएका छन् । २६ सहरमा लकडाउन छ । २१ करोडको जनसङ्ख्या संक्रमणबाट बच्नका लागि घरमा छन् । सिजिङयान, जिलिन, सांघाई, बेइजिङलगायत ८ प्रान्तका विद्यालय झण्डै दुई महिनादेखि बन्द छन् । यहाँ ओमिक्रोन भाइरसका कारण सङ्क्रमणका घटनाहरू घटिरहेका छैनन् ।

एजेन्सी
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -