स्थानीय तह निर्वाचन–२०७९ को मतदान जारी

काठमाडौँ— स्थानीय तहको निर्वाचन–२०७९ को मतदान शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको छ ।

हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन संविधान जारी भएपछि दोस्रोपटक भएको हो । २०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल जेठ ५ मा सकिँदै छ ।

स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता रहेको छ । देशभर १० हजार ७ सय ५६ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनमा ६५ राजनीतिक दलबीच प्रतिस्पर्धा हुँदै छ । निर्वाचन आयोगका अनुसार ३५ हजार २२१ पदका लागि १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका छन् ।

बाबुकाजी साछें श्रेष्ठ
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -