मध्यपुर–थिमिको मत गणना राति ११:३० बाट सुरु गर्ने सहमति

भक्तपुर । मध्यपुर–थिमि नगरपालिकाको मत गणना अहिले राति ११ बजेर ३० मिनेटबाट सुरु गर्ने सर्वदलीय सहमति भएको छ । वडा नं. १ बाट मत गणना गर्ने बैठकमा सहभागीले प्रतिनिधिले बताए ।

यसअघि स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत मध्यपुर–थिमि नगरपालिकामा ३१ हजार ४ सय ५३ मत खसेको प्रारम्भिक अनुमान गरेको छ । कुल मतदाता ४१ हजार ९ सय ५३ जना रहेकोमा ७५ प्रतिशत मत खसेको जानकारी गरेको छ ।

यसअन्तर्गत वडा नं. १ मा ३ हजार ५ सय ८, वडा नं. २ मा २ हजार ९२, वडा नं. ३ मा ३ हजार ५ सय ८०, वडा नं. ४ मा ४ हजार ८ सय १८, वडा नं. ५ मा ४ हजार ९ सय २९, वडा नं. ६ मा ३ हजार १ सय ७०, वडा नं. ७ मा ३ हजार ६ सय ६, वडा नं. ८ मा ३ हजार ३ र वडा नं. ९ मा २ हजार ७ सय ४७ मत खसेको प्रारम्भिक अनुमान गरेको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -