मध्यपुर थिमि नगरपालिकामा मतगणना जारी, कांग्रेसको अग्रता

भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा मतगणना जारी छ ।
जारी वडा नंं १ को ८ सय मत गणनामा नेपाली कांग्रेसका नगर प्रमुख उम्मेदवार सुरेन्द्र श्रेष्ठले अग्रता लिएका छन् । उनले ४३७ मत ल्याउका छन् । यस्तै एमालेका नगर प्रमुख उम्मेदवार मदनसु्नदर श्रेष्ठले २८६ मत मत ल्याएका छन् ।
उपप्रमुखमा एमालेकी उत्तरा नेपालले आग्रता कायम गरेकी छिन् । उनले ३६६ मत ल्याएकी छिन् । यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयकृष्ण श्रेष्ठले २९७ मत पाएका छन् ।
वडा नंं. १ मा वडाअध्यक्षमा नेपाली कांग्रेसका बाबुकाजी डंगोलले ४१३, नेकपा एमालेका कृष्णकुमार प्याथले १९३ मत प्राप्त गरेको छ । महिला सदस्यमा कांग्रेसका सरस्वती खड्काले ४०३, नेकपा एमालेका राधा हुमागाईंले ३०८, दलित महिला सदस्यमा कांग्रेसका रिमा परियारले ४०७, एमालेका खुस्बु परियारले ३०२, खुल्ला सदस्यमा कांग्रेसका कान्छाराम द्धारेले ३८४, नेकपा माओवादी केन्द्रमा रमेश तामाङले २२८, एमालेका श्याम प्रजापतिले ३६६ र सुरेश बुढाथोकीले ३१५ मत प्राप्त गरेका छन ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -