मध्यपुर थिमि नगरपालिकामा मतगणना जारी, प्रमुखमा कांग्रेसको उपप्रमुखमा एमालेको अग्रता

भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा मतगणना जारी छ ।
जारी वडा नंं १ को १४ सय मत गणनामा नेपाली कांग्रेसका नगर प्रमुख उम्मेदवार सुरेन्द्र श्रेष्ठले अग्रता कायम राखेका छन् । उनले ७३९ मत ल्याएका छन् । यस्तै एमालेका नगर प्रमुख उम्मेदवार मदनसु्नदर श्रेष्ठले ५१६ मत मत ल्याएका छन् ।
उपप्रमुखमा एमालेकी उत्तरा नेपालले आग्रता कायम गरेकी छिन् । उनले ६०८ मत ल्याएकी छिन् । यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयकृष्ण श्रेष्ठले ४८४ मत पाएका छन् ।
वडा नं. १ मा वडाअध्यक्षमा नेपाली कांग्रेसका बाबुकाजी डंगोलले ६९८, नेकपा एमालेका कृष्णकुमार प्याथले ५१६ मत प्राप्त गरेको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -