मध्यपुर थिमिमा कांग्रेसको अग्रता कायमै, वडा नं. १ मा कांग्रेसका वडाध्यक्ष निर्वाचित

भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै छ ।
३ हजार ५ सय आठ मत गणना हुँदा नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार सुरेन्द्र श्रेष्ठले १ हजार ८ सय पाँच मत प्राप्त गरेका छन् । उनी निकट प्रतिद्वन्दी एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठ भन्दा ५ सय ३८ मतले अगाडि छन् ।
यसै गरी मध्यपुर थिमि नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार बाबुकाजी डंगोल १ हजार ७ सय ६ मत ल्याई निर्वाचित भएका छन् । उनका निकट प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल प्याठले १ हजार २ सय ९० मत प्राप्त गरेका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -