लोकन्थलीबाट पहिलो पल्ट कम्युनिष्ट पार्टीबाट श्यामकृष्ण प्रजापति निर्वाचित

भक्तपुर। भक्तपुरको एक वडा अध्यक्षमा काँग्रेसले जित्दा वडा सदस्य पदमा एमालेका उम्मेदवारले जीत हासिल गरेका छन् ।
मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा नेकपा एमालेका सदस्य श्यामकृष्ण प्रजापति निर्वाचित भएका छन् । कांग्रेसले वडा अध्यक्षसहित तीन वटा वडा सदस्यमा जीत हासिल गरेका हुन् ।
नेकपा एमालेका तर्फबाट मेयर पदमा उम्मेदवार बनेका मदनसुन्दर श्रेष्ठले निर्वाचनको इतिहासमै पहिलोपटक कम्युनिष्ट पार्टीबाट निर्वाचित भएको दावी गरेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जालबाट वडा सदस्यमा विजयी प्रजापतिलाई बधाई दिँदै भनेका छन्, ‘निर्वाचन इतिहासमा मध्यपुर थिमि १, लोहकिथलीबाट पहिलोपल्ट कम्युनिस्ट पार्टीबाट निर्वाचित हुन सफल सदस्य श्यामकृष्ण प्रजापतिलाई बधाई।’
उनले १ हजार ८ सय ८५ मत पाएर विजय हासिल गरेका हुन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -