मध्यपुर थिमि २ मा कांग्रेसका श्रीकृष्ण श्रेष्ठ निर्वाचित, प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता कायमै

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी हुनु भएको छ । श्रेष्ठले ९ सय ८८ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँको निकटम प्रतिद्धन्द्धी नेकपा एमालेमा प्रकाश थापा मगरले ८ सय ९४ मत प्राप्त गर्नु भएको थियो।


वडाअध्यक्ष कांग्रेसले जितेपनि वडामा बहुमत सदस्य भने नेकपा एमालेका विजयी हुनुभएको छ । एमालेका महिला सदस्यमा सरिता अर्याल ९२२, दलित महिला सदस्यमा अम्बिका रजक ९०० र एक खुल्ला सदस्यमा रबिन सिजापती ९८१ मतका साथ एमालेबाट निर्वाचित हुनुभएको छ । त्यस्तै एक सदस्यमा कांग्रेसका शेखर थापा मगर ८३१ मतका साथ विजयी हुनुभयो ।
नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठले ९९४, एमालेका मदनसुन्दर श्रेष्ठले ८४६ वडा नं. २ बाट मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेका उत्तरा नेपालले ९८३ मत पाउँदा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ४६९ मत प्राप्त गर्नुभयो ।
पछिल्लो मत परिणाम अनुसार नगर प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले २ हजार ७ सय ९९ मत पाएर अग्रता लिनु भएको छ भने नेकपा एमालेका मदनसुन्दर श्रेष्ठले २ हजार १ सय १३ मतसहित पछ्याई रहनु भएको छ ।
उपप्रमुखमा नेकपा एमालेका उत्तरा नेपालले २ हजार ४ सय ७० मत प्राप्त गर्नु भएको छ भने नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १ हजार ६ सय ५३ मत ल्याएका छन् ।
यसअघि मध्यपुर थिमि वडा नं. १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका बाबुकाजी डंगोल १ हजार ७ सय ६ मतसहित विजयी हुनु भएको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -