मध्यपुर थिमि नगरपालिका प्रमुखमा बहुमतसहित कांग्रेसका सुरेन्द्र श्रेष्ठ निर्वाचित

भक्तपुर— मध्यपुर थिमि नगरपालिकामा बहुमत वडासहित कांग्रेसले विजय हासिल गरेको छ । नगर प्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठले एमालेका निवर्तमान मेयर मदनसुन्दर श्रेष्ठलाई हराएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय भक्तपुरका अनुसार श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरेका छन् । एमालेका निवर्तमान मेयर श्रेष्ठले ११ हजार ३५ मत पाएका थिए । निर्वाचित कांग्रेसका सुरेन्द्र श्रेष्ठ निवर्तमान मेयर श्रेष्ठका जेठान हुन् ।

त्यसैगरी गठबन्धनबाट नगर उपप्रमुखमा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले १२ हजार १ सय २ मत पाएका थिए । उनका निकतटम प्रतिद्वन्द्वी नेकपा एमालेकी उत्तरा नेपालले ८ हजार ९ सय ६३ मत पाएका थिए ।

यसअघि नेपाली कांग्रेसको तर्फबाट मध्यपुर थिमि नगरपालिका वडा नं. १ मा बाबुकाजी डंगोल, वडा नं. २ मा श्रीकृष्ण श्रेष्ठ र वडा नं. ३ मा कृष्णहरि आचार्य, वडा नं. ५ मा बालकृष्ण श्रेष्ठ, वडा नं. ६ मा ज्ञानदास प्रजापति र वडा नं. ९ मा सानुकाजी राजवाहक निर्वाचित भएका थिए ।

नेकपा एमालेको तर्फबाट वडा नं. ४ मा बालकृष्ण पात्या श्रेष्ठ र वडा नं. ७ मा कृष्णकुमार प्रजापति निर्वाचित भएका छन् । यसैगरी वडा नं. ८ मा नेमकिपाका रमेश थापा श्रेष्ठ निर्वाचित भएका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -