खाना पकाउने ग्यासको मूल्य १८ सय

पेट्रोल, डिजेल र मट्टितेलमा फेरि लिटरमै १० रुपैयाँ बढ्यो
काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएर १८ सय पुगेको छ ।

त्यस्तै निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ ।

यसैबीच छिमेकी देश भारतमा इन्धनको मूल्य घटाएको छ । भारत सरकारले इन्धनमाथि लगाइएको कर (एक्साइज ड्युटी) कम गरी मूल्य घटाएको हो । अब त्यहाँ पेट्रोल अहिलेको भन्दा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा र डिजेल ७ रुपैयाँले सस्तो भएको छ ।

भारतमा प्रधानमन्त्री उज्ज्वला योजनाअन्तर्गत खाना पकाउने ग्यासमा पनि प्रतिसिलिन्डिर २ सय रुपैयाँ छुट दिएर सर्वसाधारणले खरिद गर्ने सिलिन्डरको मूल्य सस्तो बनाइएको छ । भारतमा मार्च २२ पछि लगातार इन्धनको मूल्यवृद्धि हुँदै आएको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -