सरकारको नीति तथा कार्यक्रम यस्तो छ

काठमाडौं– आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा मंगलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

अर्थतन्त्रमा कोभिडले नकारात्मक प्रभाव परिरहेका बेला सरकारले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने नीति लिएको जनाएको छ । राष्ट्रपति भण्डारीले पुँजीगत खर्च बढाउन छुट्टै नीति ल्याउने बताएकी हुन् । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा ‘पुँजीगत खर्च बढाउन र विकास आयोजना कार्यान्वयनलाई सहजीकरण गर्न नतिजामा आधारित आयोजना व्यवस्थापन प्रणालीसहितको विकाससम्बन्धी अवधारणा कार्यान्वयन गर्ने’ उल्लेख छ ।

वार्षिक नीति तथा कार्यक्रममा अर्थतन्त्रको समग्र संरचना रुपान्तरण गर्न सक्ने कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्ने विषय राखिएको छ । कृषि, यातायात, ऊर्जा, पर्यटन र सूचना प्रविधिको क्षेत्रलाई आर्थिक वृद्धिको संवाहक क्षेत्रका रुपमा पनि लिइएको छ ।

प्रदेश र स्थानीय तहबाट राष्ट्रिय गौरव, रुपान्तरणकारी र रणनीति महत्त्वका ठूला आयोजनाबाहेक अन्य आयोजनाहरू कार्यान्वयन गर्ने नीति सरकारले लिएको छ ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -