अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक पहुँचको लागि कार्यक्रम

भक्तपुर- अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक पहुँच बिस्तार गर्ने उद्देश्यले भक्तपुरमा चारदिने क्षमता अभिवृद्धि तालिम कार्यक्रमको आयोजना गरिएको छ । भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रले संयुक्त रुपमा कार्यक्रम गरेको हो ।

‘व्यावसायिक क्षमता अभिवृद्धि गरी बस्तु आयात र निर्यात सम्बन्धिको ज्ञान दिनको लागि हामीले कार्यक्रम गरेका छौं । जेठ मसान्तदेखि असार ३ गतेसम्म हुने तालिममा २५ जना व्यवसायीहरु सहभागी छन्,’ भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धरले जनाए ।

चेम्बरले भक्तपुरमा उत्पादन हुने तोरीको तेल, जुजु धौ, कालो टोपी, ह्याण्डीक्राफ्ट र लोकल रक्सीलगायतका स्थानीय उत्पादनलाई ब्राण्ड बनाउनुपर्नेमा जोड दिँदै आएको छ । तालिमपश्चात् स्थानिय स्तरमा उत्पादित बस्तुलाई ब्राण्ड बनाएर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरणको सिर्जना हुनेमा मानन्धर आशावादी छन् ।

त्यस्तै, व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले भक्तपुरमा उत्पादित बस्तुलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नसके समग्र देशमा हुने बस्तु आयातको दर कम हुने बताए । अहिलेको अवस्थामा निर्यातभन्दा अयात १० गुणाले बढीरहेको भन्दै राणाले यसप्रति चिन्ता व्यक्त गरे । तालिमलाई भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष मानन्धर र व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले संयुक्तरुपमा गरेका छन् । कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार रोशन भोयद्यो, विष्णु भक्त मारिखुलगायतको उपस्थिति थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -