पेट्रोलमा २१ र डिजल–मट्टीतेलमा २७ रुपैयाँ वृद्धि

काठमाडौं– नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । आइतबार राति १२:०० बजेदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको हो ।

निगमले आइतबार राति एक विज्ञप्ति जारी गरी डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।
यससँगै एक लिटर पेट्रोलको मूल्य १९९, डिजेल र मट्टीतेलको १९२ रुपैयाँ कायम गरिएको छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -