एकीकृत समाजवादीका मन्त्री हेरफेर, मन्त्रिपरिषद पुनर्गठन

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गरेका छन् ।

नयाँ मन्त्रीहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्यननमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्यमा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा आइतबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेको हो ।

नेकपा एकीकृत समाजवादीले जेठ २२ मा मन्त्रीहरु फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीहरुलाई पठाउने निर्णय गरेको थियो । त्यसै दिन मन्त्री बन्ने नेताहरुको नाम प्रधानमन्त्रीलाई बुझाए पनि २२ दिनपछि मन्त्रिपरिषद पुनर्गठन भएको हो ।

संसदमा बजेटमाथि छलफल चलिरहेका बेला मन्त्रीहरुले जवाफ नदिई हेरफेर गर्नु उचित नहुने भन्दै हेरफेर रोकिएको थियो । प्रधानमन्त्रीले लामो समय भइसक्दा पनि मन्त्री हेरफेर नगरेको भन्दै एकीकृत समाजवादीको केन्द्रीय कमिटीको शनिबार बसेको बैठकले पार्टीको निर्णयअनुसार मन्त्री हेरफेर नगरे अपमानको रुपमा बुझ्ने चेतावनी दिएको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -