मध्यपुर थिमिवासीलाई निःशुल्क रगत

भक्तपुर- रगतको आवश्यक पर्ने बिरामी नगरवासीलाई मध्यपुर थिमि नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।

मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका कार्यवाहक सभापति कृष्णेश्वरी हाडाबीच बुधबार आयोजित कार्यक्रममा निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो ।

मध्यपुर थिमि नगरपालिकाभित्रका बिरामीलाई रगत आवश्यक परेमा आफ्नो परिचय खुल्ने कागजातका आधारमा साउन १ गतेबाट नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरबाट निःशुल्क रगत पाउने व्यवस्था गरेको नगरप्रमुख श्रेष्ठले बताए । नगरप्रमुख श्रेष्ठले रगत उपलब्ध गराएवापत लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले उपलब्ध गराउने र रक्तदानका कार्यक्रमहरुमा पनि नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरलाई सहयोग गर्ने बताए । कार्यक्रममा नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -