चेसमा पूर्णसुन्दर विजयी

काठमाडौं– नेपाल टेलिकम वर्कस युनियनद्वारा आयोजित चेस प्रतियोगितामा पूर्णसुन्दर श्रेष्ठ प्रथम भएका छन् ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा बिहीबार भएको प्रतियोगितामा पञ्चकुमार साहु दोस्रो र हरिबहादुर कार्की तेस्रो भएका छन् । प्रतियोगिता लक्ष्मी अधिकारीको संयोजकत्वमा भएको थियो ।

एकदिने प्रतियोगितामा १४ जना सहभागीबीच पाँचचरणसम्म चलेको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -