माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज

भक्तपुर– परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (बुधबार) सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा आज सार्वजनिक गर्न अन्तिम तयारीमा रहेको बताए । उनले भने, ‘अन्तिम तयारीमा छौं, नतिजा आज आउँछ ।’

कोभिडका कारण दुई वर्षपछि भौतिक रुपमा परीक्षा केन्द्रमा नै उपस्थित भएर बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा कक्षा १० का विद्यार्थीले परीक्षा दिएका थिए ।

नतिजा थाहा पाउन नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा www.see.gov.np मा गएर आफ्नो सिम्बोल नम्बर राखेर वा अरु विभिन्न माध्यमबाट पनि हेर्न सकिने बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो ।

२०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको यसपटकको एसईई परीक्षामा ४ लाख १४ हजार विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

नतिजा थाहा पाउनः

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -