आर्शीयादिभ छात्रवृत्ति बालप्रेमीका छात्रा हेमकुमारीलाई प्रदान

मध्यपुर थिमि । यस वर्षको आशीयादिभ छात्रावृत्ति बालप्रेमी माध्यमिक विद्यालय, मध्यपुर थिमिका छात्रा हेमकुमारी बानियाँलाई प्रदान गरिएको छ ।
इनर ह्विल क्लब अफ मध्यपुरको आज सम्पन्न ७ औं पद स्थापनमा समारोहमा भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सृष्टि श्रेष्ठ प्रजापतिले प्रदान गरेका हुन् ।
१० हजार रुपैया नगद सहितको उक्त छात्रवृत्ति डा. सृष्टि श्रेष्ठ प्रजापति र रोटरी क्लब अफ मध्यपुर थिमिका पूर्व अध्यक्ष रोशन प्रजापतिले आफ्ना छोरा–छोरीको नामबाट स्थापना गरी प्रत्येक वर्ष प्रदान गर्दै आएको छ ।
हालसम्म उक्त छात्रवृत्ति सन् २०१७ मा गणेश माध्यमिक विद्यालय, नगदेशका छात्रा विन्दुकुमारी स्यानताङ, सन् २०१८ मा गणेश माधयमिक विद्यालयकै छात्रा अनिता विसुन्के र सन् २०१९ मा बोडे माध्यमिक विद्यालयका छात्रा निरमाया तामाङलाई दिइसकेका छन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -