बंगलामुखी साकोसको १५ औं स्थापना दिवसको अवसरमा रक्तदान तथा सरसफाई

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लि.ले संस्थाको १५ औं स्थापना दिवसको अवसरमा रक्तदान तथा सरसफाई कार्यक्रम गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाको सहकार्यमा भइएको रक्तदान कार्यक्रममा संस्थाका सदस्य तथा शुभेच्छुक गरी ३६ जनाले शनिबार रक्तादान गरिएका थिए ।
३५ सय जना शेयर सदस्यहरु भएको संस्थामा शेयर पूँजी १४ करोड, सस्यहरुबाट १ अर्ब रुपैया निक्षेप संकलन गरी १ अर्ब २० करोड रुपैया सुरक्षित ऋण लगानी गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठले जानकारी दिनु भएको छ ।


आ.व. २०७८/०८९ मा कुलमा १ अर्ब ३८ करोडको कारोवार रहेकोको संस्थामा जगेडा तथा अन्य कोष २ करोड रुपैया र तरलता ऐन, नियम अनुसार व्यवस्था रहेको श्रष्ठले जानकारी दिनु भएको छ ।
सूर्यविनायक नगरपालिकास्थित बालकोट बसिडोलमा केन्द्रीय कार्यालय रहेको संस्थाको मध्यपुर थिमि र गोर्कोमा सेवा केन्द्र सञ्चालनमा रहेको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -