मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव

काठमाडौं— सरकारले संघ र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते गर्ने घोषणा गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले २०७९ साल मंसिर ४ गते आइतबार प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन एकैचरणमा गर्ने निणर्य गरेका छन् ।

एक महिनाअघि निर्वाचन आयोगले १ सय २० दिनको समय राखेर मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो ।

यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसँग प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरी मंसिर ४ गते नै प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने सहमति जुटाएका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -