नेपाल कपडा तथा सिलाई व्यवसायी संघद्वारा रक्तदान

काठमाडौं । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौं जिल्ला शाखाद्वारा मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यको विशेष उपस्थितिमा भएको उक्त कार्यक्रममा महिला तथा पुरुष गरी जम्मा ५७ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम गरेको संघका जिल्ला अध्यक्ष तथा कार्यक्रमका सभापति चन्द्र रणपहेलीले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ, विशेष अतिथि नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघ बागमती प्रदेशका सचिव तथा केन्द्रीय सदस्य राज कार्की उपस्थिति रहेको थियो ।

कोरोनाको बढ्दो ग्राफलाई मध्यनजर गर्दै बिरामीको उपचारमा सहजता मिलोस् भनी रक्तदान कार्यक्रम आयोजना गर्न/गराउन नेपाल स्वयंसेवी रक्तदाता समाजले देशभर अभियान सञ्चालन गर्दै आइरहेकोमा संघले रक्तदान कार्यक्रम गरेकोमा समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता कर्माचार्यले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -