जिल्ला प्याब्सन भक्तपुर र मध्यपुर अस्पताल बीच सम्झौता

भक्तपुर । जिल्ला प्याब्सन भक्तपुर र मध्यपुर अस्पताल प्रा.लि. बीच स्वास्थ्य उपचार तथा परीक्षणका लागि सम्झौता भएको छ ।
शुक्रबार जिल्ला प्याब्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठ र मध्यपुर अस्पताल प्रा.लि.का अध्यक्ष बिष्णुराज कार्की बीच जिल्ला प्याब्सन भक्तपुरका सदस्य विद्यालयका सञ्चालक, शिक्षक, कर्मचारी विद्यार्थी र अभिभावक समेतलाई लक्षित गरी उपचार तथा परीक्षणमा सहुलियतका लागि सम्झौता गरिएको हो ।
अस्पतालले बिभिन्न परीक्षण तथा उपचारमा १० देखि २० प्रतिशतसम्म सहुलियत पाउने गरी सम्झौता भएको प्याब्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जनाएका छन् ।
उहाँले आर्थिक अवस्था कमजोर भएका सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकको अवस्था हेरी प्याब्सन भक्तपुर र मध्यपुर अस्पतालले थप सुलियत तथा उपचारको समेत व्यवस्था गरिने जनाएको छ ।
मध्यपुर अस्पतालको बैठक हलमा भएको सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा प्याब्सनका पदाधिकारी तथा मध्यपुर अस्पताल प्रा.लि. का. पदाधिकारीको सहभागिता रहेको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -