ज्ञानमाला भजन कार्यक्रम सम्पन्न

मध्यपुर–थिमि– गुंला पर्वको अवसरमा मानन्धर युवा समूहअन्तर्गत मैत्रीय ज्ञानमाला भजनको आयोजनामा एक दिने ज्ञानमाला भजन कार्यक्रम, मध्यपुर–५, चोडे टोलमा शनिबार सम्पन्न भयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय ज्ञानमाला समिति, भक्तपुर क्षेत्रीय उपसमितिअन्तर्गतका भक्तपुर जिल्लाभरिका १८ वटा ज्ञानमाला खलः, पुचः, समूहलाई आमन्त्रित गरिएको जानकारी कार्यक्रमका संयोजक तथा मैत्रीय ज्ञानमाला भजनका अध्यक्ष चनेलाल मानन्धरले दिए ।

कार्यक्रममा दिपंकर ज्ञानमाला, चतुर वर्ण ज्ञानमाला, वाचु हिटि ज्ञानमाला, सिद्दिमंगल धर्मदिप ज्ञानमाला, आनन्दभूमी ज्ञानमाला, पाटी विहार ज्ञानमाला आदि लगायत आयोजक भजन समूहले विभिन्न बुद्धधर्मसम्वन्धी भजन प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको प्रायोजन काठमाडौं, नक्सालका जगतबहादुर मानन्धरले आफ्नी धर्मपत्नी स्व. रत्नमाया मानन्धरको स्मृतिमा गरेका थिए । उनले श्रीमतीको माइति टोलमा यसरी गुंला पर्वको अवसर पारि ज्ञानमाला भजन कार्यक्रम गर्न पाउँदा धेरै खुशी लागेको बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय ज्ञानमाला समिति, भक्तपुर क्षेत्रीय संयोजक गणेशराम प्रजापति, नेपाल राष्ट्रिय ज्ञानमाला समिति, भक्तपुर क्षेत्रीय उप समितिका संयोजक पुण्यरत्न शाक्यले आ–आफ्ना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उपसमितिका सचिव गौतम बज्राचार्यको साथै अन्य भजन गायकगायिकाहरुको उपस्थिति रहेको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -