शंखधर साख्वा: प्रतिष्ठानको अध्यक्षमा श्रेष्ठ

भक्तपुर । राष्ट्रिय विभूति शंखधर साख्वा: प्रतिष्ठानको चौथो अधिवेशनबाट अध्यक्ष पदमा ज्ञानराम श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएको छ ।

सोमबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा सुरेश प्रधान, सचिवमा बाबुकाजी सा:छें, सहसचिवमा विनोद कोजु र कोषाध्यक्षमा अञ्जनादेवी मधिकर्मी चयन भएको छ । साथै सदस्यहरुमा दिलकृष्ण प्रजापति, रमेश उखा श्रेष्ठ, सूर्यकृष्ण थापा श्रेष्ठ, पञ्चकृष्ण श्रेष्ठ र रामकेशरी श्रेष्ठ चयन भएका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वा:ले स्थापना गरेको नेपाल संवतको प्रचार–प्रसार, साख्वा:को योगदान चिरस्मरणीय गर्नेलगायतका उद्देश्यले १७ वर्षअघि मध्यपुर–थिमिमा स्थापित प्रतिष्ठानले हरेक वर्ष प्रधानमन्त्रीलाई आमन्त्रण गरी नेपाल संवत नयां वर्षको दिन साख्वा:को प्रतिमामा माल्यार्पण गरिन्छ ।


यसै गरी प्रतिष्ठानको १६ औं र १७ औं साधारणसभा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य माननीय महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठको सभापतित्वमा भएको सभामा प्रदेश सांसद डा. राजेन्द्रमान श्रेष्ठ, मध्यपुर थिमि नगरपालिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं पूर्वनगरप्रमुख मदनकृष्ण श्रेष्ठ, प्रतिष्ठानका निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धरलगायतले नेपाल संवत र शंखधर साख्वा:को योगदानको चर्चा गर्नुभएको थियो ।

सभामा संस्थाका सचिव ज्ञानकृष्ण श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुरेश प्रधानले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -