बंगलामुखी साकोसले साउन मसान्तसम्मको वित्तिय विवरण प्रकाशित

भक्तपुर । बालकोट, बसिडोलस्थित बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लि। ले संस्थाको साउन ३१, २०७९ को अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।
सहकारी विभागको मिति २०७९ साउन ३१ गते प्रत्येक सहकारी संघसंस्थाका सञ्चालक समिति र व्यवस्थापकले एक हप्ताभित्र र त्यसपछि मासिक रुपमा आफ्नो संस्थाका सेयर सदस्यहरुलाई सार्वजनिक सूचनामार्फत जानकारी गराउने निर्देशन गरेबमोजिम संस्थाले साउन महिनासम्मको विवरण सार्वजनिक गरेको हो ।
संस्थाको शेयर पूँजी, जगेडा कोष, कुल सम्पत्ति, कुल बचत, लगानीमा रहेको कर्जा, कुल शेयर सदस्य संख्या, कुल ऋणी सदस्य, तरलता रहेको रकम र प्रतिशत तथा कुल संस्थागत पूँजीको विवरण संस्थाको फेसबुक पेज तथा वेवसाइट मार्फत प्रकाशित गरेको हो ।
संस्थाले सदस्यहरुलाई बालकोटस्थित आफ्नै भवनको केन्द्रीय कार्यालयका साथै मध्यपुर थिमि र गोर्को सेवा केन्द्र मार्फत बचत तथा ऋणको सहज वित्तिय कारोवार सञ्चालन गर्दै आएको संस्थाका कार्यकारी प्रमुख जगतकृष्ण श्रेष्ठले जानकारी दिनु भयो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -