मध्यपुर-थिमिका स्ववासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण

मध्यपुर थिमि (भक्तपुर)– मध्यपुर थिमि नगरपालिकाले वडा नं. ५ र ७ (साविक वडा नं. ४ र ९) का स्थानीयलाई बिहीबार जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण कार्यक्रम गरिएको छ ।

नापी कार्यालयले २० वर्षअघिदेखि नै नापी भएको २ सय ५० थान जग्गाधनी पूर्जा नगरपालिकाको पहलमा नापी कार्यालयले नगरपालिकाको प्रांगणमा आयोजित कार्यक्रममा वितरण गरिएको हो ।

जग्गाधनी पूर्जा नपाउँदा विभिन्न समस्या भोग्नुपरेको जनगुनासो बढेपछि नगरपालिकाको पहलमा पूर्जा वितरण गरिएको उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताए । उनले अहिले वडा नंं ५ र ७ का जग्गाधनीलाई पूर्जा वितरण गरिएको र एक वर्षभित्र सबै वडाका स्ववासी जग्गाधनीलाई पूर्जा वितरण गर्ने लक्ष्य रहेको जानकारी दिए । उपप्रमुख श्रेष्ठले अहिले २५ रुपैयाँ तिरेर पूर्जा पाउँछन् र सबै नगरवासीलाई पूर्जा लिन आउन अनुरोध गरेको छ ।

नगरप्रमुख सुरेन्द्र श्रेष्ठले सम्पत्ति भए पनि कागजी प्रमाण नहुँदा सुकुम्बासीजस्तै भइरहेका जग्गाधनीहरुलाई पूर्जा पाएपछि सम्पत्तिमाथि भोकाधिकार कायम भएको बताए । उनले बाँकी वडाहरुको पनि क्रमशः पूर्जा वितरणलाई निरन्तरता दिँदैं जाने योजना रहेको बताउँदैं स्थानीयलाई पनि छिटोभन्दा छिटो जग्गाधनी पूर्जा प्राप्तिको लागि आवेदन दिन आग्रह गरे ।

जग्गा नापजाँच ऐन २०१९ को दफा ६(५) बमोजिम नाप जाँच गरी हाल साविक गरेर तयार भएका जग्गाधनी पूर्जा वितरण गरिएको नापी कार्यालय भक्तपुरका प्रमुख मग्नु दत्तले बताए । उनले २०२१ सालमा प्राविधिक कारणले नापजाँच हुन नसकेको र परापूर्वकालदेखि हकभोग गरी बसोबास गरिरहेको जग्गालाई स्ववासी जग्गाको रुपमा परिभाषा गरिएको बताए ।

उनले तत्कालीन अवस्थामा चेन प्रविधिले जग्गाको नापजाँच भएको र खुल्ला क्षेत्रमा नापजाँच भए पनि घनाबस्ती भएको स्थानमा नापजाँच हुन नसक्दा स्थानीयले जग्गाधनी पूर्जा पाउन नसकेको बताए । तत्कालीन ६ नं. नापी गोश्वारा कार्यालयले नापजाँच गरेको र नापी गोश्वारा कार्यालय खारेज भएसँगै नापी कार्यालयलाई बुझाएको कागजपत्रका आधारमा तयार गरिएका पूर्जाहरु वितरण गरिएको उनले बताए ।

मध्यपुर थिमि नगरपालिकाको साविक १७ वटा वडामध्ये हाल साविक लागु भएको २०६४ देखि २०७६ सम्म ८ वटा वडाको मात्र सीमित पूर्जा वितरण भएको र हाल तीन वर्षको अवधिमा थप ८ वटा वडाको पूर्जा वितरण भएको उनले बताए ।

३ सयभन्दा बढी पूर्जा बितरण गर्न बाँकी रहेको हुँदा आज (शुक्रबार) सम्बन्धित वडाहरुबाट बितरण गरिने उपप्रमुख श्रेष्ठले जानकारी गराए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -