जुद्ध वारुण यन्त्र भक्तपुरलाई दमकल हस्तान्तरण

भक्तपुर । जुद्ध वारुण यन्त्र कार्यालय, भक्तपुरलाई भक्तपुरका दुई नगरपालिकाले शुक्रबार दमकल दिएका छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाले खरिद गरी जुद्ध वारुण यन्त्रलाई हस्तान्तरण गरेको हो ।

प्राकृतिक तथा मानवीय कारण हुने आगलागी नियन्त्रणका लागि नगरपालिकाले किनिदिएको दमकल जुद्ध वारुण यन्त्रको कार्यालय एक कार्यक्रम गरी हस्तान्तरण गरेको थियो ।

जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको हस्तान्तरण कार्यक्रममा जुद्ध वारुण यन्त्र कार्यालय, भक्तपुरका प्रमुख विजय धौभडेललाई जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापा र प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मालगायतले दमकल हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसिलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले जुद्ध वारुण यन्त्रलाई सँधै चुस्त र दुरुस्त बनाई राख्नुपर्नेमा जोड दिएका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -