न्ह्यज्या खल:, थिमिको अध्यक्षमा दामोदर श्रेष्ठ

भक्तपुर । मध्यपुर थिमिको ज्येष्ठ संस्था न्ह्यज्या खल:, थिमिको अध्यक्षमा दामोदर श्रेष्ठ चयन भएको छ ।

खल:को शुक्रबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सूर्यभक्त श्रेष्ठ, सचिवमा जगतबहादुर श्रेष्ठ, उपसचिवमा सरोज श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मीशोभा श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन् । ९ सदस्यीय नयाँ कार्यसमिति सदस्यहरुमा सुरेन्द्र किलंन श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, ईश्वरी श्रेष्ठ चयन भएका थिए ।

नेपाल संवत् १०८२ वि.सं. २०१९ सालमा स्थापित खल: ६ दशक इतिहास बोकेको मध्यपुर थिमिकै ज्येष्ठ तथा ऐतिहासिक, भाषिक र साहित्यिक संस्था हो ।

मध्यपुर थिमि क्षेत्र र उपत्यकामा लामो समयदेखि साहित्यिक, सांस्कृतिक क्षेत्रमा उल्लेख्य योगदान गर्दै आएको न्ह्यज्या: खल:ले मध्यपुर थिमिकै पहिलो २०२० सालमा ‘सगँ’ नेपालभाषाको पत्रिकाका प्रकाशन गरेको थियो । निरन्तर २४ अंकभन्दा बढी ‘नौलो कोसेली’ प्रकाशन गरी नेपाली साहित्यिक क्षेत्रमा स्थापित खल:को संस्थापक अध्यक्ष क्याप्टेन नारायणजी श्रेष्ठ हुन् ।

२०३७ सालदेखि २०७१ सालसम्म प्रत्येक वर्ष विविध जनसांस्कृतिक कार्यक्रम सञ्चालन गरी जनतालाई जनचेतना अभिबृद्धि गर्न सफल संस्थाले बिभिन्न समयमा विचार गोष्ठी, नृत्य प्रतियोगिता तथा रक्तदानलगायत सामाजिक कार्यहरुमा पनि योगदान दिंदै आएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -