ड्रिजल कप क्रिकेट शनिबारबाट सुरु

काठमाडौं । नेपाल क्रिकेट इन्स्टिच्युटको आयोजनामा शनिबारबाट सुरु भएको शिक्षान्तर स्कुल दोस्रो इपीएस ड्रिजल कप क्रिकेट प्रतियोगिताका ६ खेलहरु सम्पन्न भएका छन । मिनभवनस्थित इपीएस स्कुलको प्राङगणमा भएको उदघाटन खेलमा अक्षरा ए ले इपीएसलाई ७ विकेटले पराजित गर्यो । त्यस्तै दोस्रो खेलमा अक्षरा बी ले शिक्षान्तरलाई ५ विकेटले पराजित गर्यो ।

तेस्रो खेलमा अक्षरा ए ले न्यू इरालाई २७ रनले पराजित गर्दा चौैथो खेलमा नाइटिङ्गेलले अक्षरा बी लाई ३४ रनले पराजित गर्यो । त्यस्तै शनिबार नै भएको पाचौं खेलमा न्यू इराले आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्दै इपीएसलाई ४ विकेटले पराजित गर्दा छैठौं खेलमा नाइटिङ्गेलले शिक्षान्तरलाई १०० रनले पराजित गर्यो ।

जितसँगै समूह सी बाट अक्षरा ए र न्यू इरा तथा समूह डी बाट अक्षरा बी र नाइटिङ्गेलले क्वाटर फाइनलमा स्थान बनाएको छ । प्रतियोगिताअन्तर्गत मंगलबार समूह ए र बी का खेलहरु हुनेछन ।

प्रतियोगितामा काठमाडौं उपत्यकाका १२ विद्यालयहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको उपाधि विजेताले रु. १४ हजार ५ सय र उपविजेताले रु. ८ हजारसहित प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले रु. ३ हजार ५ सय, उत्कृष्ट बलर र ब्याटसम्यानले समान २ हजार १ सय प्राप्त गर्ने छन् । हरेक खेलका उत्कृष्ट खेलाडीलाई रु. ५ सय प्रदान गरिने आयोजकले जनाएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -