कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी नियन्त्रणमा

काठमाडौं । कमेडी क्याफेमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि भद्दा व्यङ्ग्य गरेका कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कमेडीको बहानामा समुदायको भाषा, संस्कृति, कला र खानामाथि भद्दा व्यङ्ग्य प्रहार भएको भन्दै शनिबार महानगरीय प्रहरी परिसर, टेकू, काठमाडौंमा नेवार समुदायबाट उजुरी परेको थियो ।

प्रहरीमा उजुरी परेको जानकारी पाएपछि सिंह आफैं परिसर पुगेका थिए । उनी अहिले नियन्त्रणमा रहेको र अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको परिसरका एसएसपी भरत बोहोराले बताए ।

कमेडियन सिंहले कमेडी क्याफे नामक च्यानलमा नेवारी खाना, नेवारी लवजसँगै म्ह पूजा, बेल पूजा र नेवार चेलीबेटीबारे आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लागेपछि उक्त च्यानलले भिडियो हटाएको थियो भने सिंहले माफी मागेर यो विवादलाई अगाडि नबढाउन आग्रह गरेका थिए ।

कमेडी क्याफेले भिडियो हटाए पनि अन्य यूट्युव च्यानलहरुले भने भिडियो पुन अपलोड गरेका छन् । तर कमेडीको नाममा समुदायको संस्कारमाथि नै प्रहार भएको भन्दै नेवाः समुदायका प्रतिनिधीहरुले आज आइतबार पनि काठमाडौं परिसरमा नाराबाजी गरी कमेडियन सिंहलाई कडाभन्दा कडा कारबाहीको माग गरिरहेका छन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -