सिजिनेट जोडी र सिजि ग्राण्ड जोडी अफर शुभारम्भ

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनि सिजि नेटले स्काईकमसँगको सहकार्यमा बहुप्रतिक्षीत आईपीटिभी सेवा सिजिनेट जोडी योजना सुरु गरेको छ । ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपुर मनोरञ्जन दिलाउने उद्देश्यले कम्पनीले आइतबारदेखि सिजिनेट मेगा जोडी र सिजिनेट ग्राण्ड जोडी अफरको शुभारम्भ गरेको हो । यो सेवा सञ्चालनमा आएसँगै अवग्राहकले सिजिनेट र आइपीटिभी दुवै सेवा सञ्चालनगर्न पाउने छन् ।
आइपीटिभी अन्तर्गत २५७ च्यानल उपलब्ध हुने छन् भने ती च्यानल मध्ये १२५ वटा एचडी र १३२ वटा एसडी च्यानल हुनेछन् । तीमध्ये ५० भन्दा बढी इन्टरटेण्टमेण्ट च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पार्टस च्यानललगायतका च्यानलहरु हुनेछन् । यस्तै यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी च्यानल, ५ कलर च्यानल, १० जी नेटवर्क लगायत छन् । सिजिनेटले ग्राहकहरुका लागि न्युन शुल्कमा उच्च गुणस्तरीय क्वालिटी सुनिश्चित गर्दै सिजिनेट जोडी सेवा सुरु गरेको हो ।
सिजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रुपमा उपलब्ध हुनेछन् । स्प्रिण्टर जोडी (८० एमविपिएस प्लस आइपीटिभी) को प्रतिमहिना ८१०, पपुलार जोडी (१५५ एमविपिएस प्लस आइपीटिभी) को १०५५ र रकस्टार जोडी (३०५ एमविपिएस प्लस आइपीटिभी) को प्रतिमहिना १३७४ शुल्क लाग्ने कम्पनीले जनाएको छ ।
त्रैमासिक योजनाअनुरुप स्प्रिण्टर जोडी ८० एमवीपिएसको साथमा आइपी टिभीको २ हजार ५ सय ४० रुपैया, पपुलार जोडी एमवीपिएसको साथमा आइपी टिभीको ३ हजार ७ सय ५० रुपैया र रक स्टार जोडी ३०५ एमवीपिएसको साथमा आइपी टिभीको ९ हजार ७ सय २० रुपैया शुल्क लाग्ने कम्पनीले जनाउको छ ।
यस्तै बार्षिक योजनाअनुरुप स्प्रिण्टर जोडी ८० एमवीपिएसको साथमा आइपी टिभीको ९ हजार ७ सय २० रुपैयाँ, पपुलार जोडी एमवीपिएसको साथमा आइपी टिभीको १२ हजार ६ सय ६० र रक स्टार जोडी ३०५ एमवीपिएसको साथमा आइपी टिभीको १६ हजार ४ सय ८८ शुल्क तोकिएको छ । यो दरमा १३ प्रतिशत भ्याट जोडिने छ । सेटप बक्सका लागि ग्राहकले एक पटक २ हजार ६ सय रुपैया शुल्क तिुर्नु पर्नेछ । यसका साथै सिजिनेटले बदलिँदो समय अनुरुपमा निरन्तररुपमा उच्चस्तरीय सेवा उपलब्ध गराउँदै लाने कम्पनीले जनाएको छ ।
सिजी डिजिटलले सिजि नेटसँगको सहकार्यमा सार्वजनिक गरेको सिजी ग्राण्ड जोडी अफर अन्तर्गत ग्राहकले दुई फरक स्मिक प्राप्त गर्न सक्नेछन् । जसमा ग्राहकले ८० एमवीपिएस र आइपिटिभीका साथमा ४३ इन्चको सिजी टिभी ३५ हजार ९ सय ९९ रुपैया मा र ८० एमवीपिएस र आइपिटिभीका साथमा ३२ इन्चको सिजी टिभी २५ हजार ४ सय ९९ मा प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले यीे जोडी प्याकेजहरु सिजी नेटकार्यालय, सिजी डिजिटल आउटलेट, सिजिनेट वेवसाइट, फोन सम्पर्क वा दराज अनलाइन मार्फत प्राप्त गर्न सक्नेछन् ।
कम्पनिकाअनुसार ४० हजारभन्दा बढी ग्राहकले यसअघि नै काठमाडौं उपत्यकाका साथै हेटौडा, बुटवल, भैरहवा, नवलपुर, भरतपुर, रत्ननगर र कावासोती गरी ७ प्रमुख शहरहरुबाट यो सेवा सुनिश्चित गरिसकेका छन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -