मध्यपुर थिमिमा मापदण्ड विपरितका संरचना हटाउन ३५ दिने सूचना

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले मापदण्ड विपरितका संरचना हटाउन मंगलबार ३५ दिने सूचना जारी गरेको छ।
नगरपालिका क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरू तथा क्षेत्रमा समेत प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड विपरित सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरू निर्माण गरिएको पाइएकाले तत्काल हटाउन नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको हो।
सार्वजनिक आवागमनमा वाधा अवरोध पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्ने, अव्यवस्थित रूपमा सवारी साधनहरू पार्किङ गर्ने र सडक फुटपाथमा व्यापार व्यवसाय गरी आवागमन अवरूद्ध बनाउने कार्य गरेको देखिएको भन्दै सार्वजनिक सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ।
सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम र प्रचलित कानून बमोजिम कारवाही गरिने समेत सूचनामा भनिएको छ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -