भक्तपुरमा एक साताभित्रै डेंगुको संक्रमण दोब्बर

भक्तपुर र मध्यपुर थिमि नगरपालिका उच्च जोखिममा
भक्तपुर । भक्तपुरमा एक साताभित्र डेंगुको संक्रमण दोब्बरले बढेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमध्ये धेरै कम मात्र डेंगुका बिरामी भेटिएको भक्तपुरमा यो साता भने दोब्बरले बढेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अनुसार गत साता ३०/३५ जना डेंगुका बिरामी देखिएकोमा यो साता दोब्बर भएको छ ।
‘डेंगुका बिरामी बढेका छन्, गत साता ३०/३५ जनामा देखिएकोमा आजसम्म ६० बढी बिरामी भेटिइसकेको छ’, जनस्वास्थ्यका अधिकृत कृष्णबहादुर मिजारले भने ।
भक्तपुरमा रहेका चार नगरपालिकामध्ये सबैभन्दा जोखिममा भक्तपुर र मध्यपुर थिमि नगरपालिका रहेको समेत उनले बताए । भक्तपुरका विभिन्न अस्पतालहरूमा ओपीडीमा आउनेहरूमा डेंगु संक्रमण पुष्टि हुनेको संख्या बढ्दै गएको उनको भनाइ छ ।
जनसचेतनाका लागि स्थानीय पालिकाले नै जिम्मेवारी वहन गरी काम गर्नुपर्ने पनि उनले बताए । डेंगु संक्रमण तीब्र हुन नदिन स्थानीय पालिकाले खोजी र नष्ट गर्ने अभियान सञ्चालन गर्नुपर्ने पनि जनस्वास्थ्य अधिकृत मिजारले भने ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -