मध्यपुर योग साधना केन्द्रको १४ औं स्थापना दिवस तथा पुनर्गठन

मध्यपुर थिमि (भक्तपुर) । मध्यपुर थिमिकै पहिलो योग साधना केन्द्र मध्यपुर योग साधना केन्द्रको १४ औं स्थापना दिवस तथा पुनर्गठन कार्यक्रम बिहीबार सम्पन्न भएको छ । कार्यक्रमले हरिसुन्दर श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति पुनर्गठन गरेको छ । केन्द्रको नयाँ कार्यसमिति सहसंयोजकमा सरिता श्रेष्ठ, सचिवमा जगतबहादुर (प्रमोद) श्रेष्ठ, कोषाध्यक्षमा माया श्रेष्ठ, सदस्यहरुमा न्हुच्छेमाया प्रजापति, चन्द्रभक्त श्रेष्ठ, रत्नप्रसाद मानन्धर, हिरारत्न बज्राचार्य र रत्नदेवी श्रेष्ठ चयन भएको छ ।

केन्द्रको संस्थापक अध्यक्ष न्हुच्छेरत्न मानन्धर र संस्थापक सचिव सुरेन्द्र तुबन्जा श्रेष्ठ संरक्षक रहेका छन् भने सल्लाहकारहरुमा गंगाराम मानन्धर, रत्नहरि श्रेष्ठ, सिद्धिचरण श्रेष्ठ, रमेश उखा श्रेष्ठ र विशेश्वर श्रेष्ठ रहेका छन् ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडा नं. ४ का अध्यक्ष बालकृष्ण पात्या श्रेष्ठ, विशेष अतिथि ग्रोबिन तौजले, पतञ्जली जिल्ला अध्यक्ष, महिला अध्यक्ष, जिल्ला उपाध्यक्ष, नगर अध्यक्ष, नगर महिला अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -