कमेरोटार जग्गा एकीकरण आयोजनामा तालाबन्दी

मध्यपुर थिमि (भक्तपुर) । लावादोल कमेरोटार विकास समितिले विरोधस्वरुप स्थानीय सरकार मध्यपुर थिमि नगरपालिका तथा काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्त कार्यालय, भक्तपुरद्वारा सञ्चालित कमेरोटार जग्गा एकीकरण आयोजनामा शुक्रबार तालाबन्दी गरेको छ । विगत २१ वर्षदेखि सञ्चालित आयोजनामा स्थानीय बासिन्दाद्वारा घेराउ गरी तालाबन्दी गरेको हो ।

समितिले धेरै पहिलादेखि आयोजनाको ९० प्रतिशत काम सके पनि खानेपानी खान पाउनुपर्ने, ढल निकासको व्यवस्था हुनुपर्ने, बाटो सबै पिच हुनुपर्ने, फोहोरमैला व्यवस्थापन हुनुपर्ने, बत्तिको उचित व्यवस्थापन हुनुपर्ने र सडकमा सडक बत्तिको व्यवस्थापन हुनुपर्नेलगायत माग राख्दै आएका थिए । घरधनी जग्गाहरुको समस्या समाधान हुनुपर्ने, आयोजनाको अनियमिताको छानबिन, काम नगरी तलब/भत्ता खाने कर्मचारीतन्त्रको अन्त्य हुनुपर्ने माग राख्दै समितिले विरोध गरी घेराउ गरेका हुन् ।

समितिले आयोजनाको ठेक्कापट्टा खारेज र कमेरोटार जग्गा आयोजना उपभोक्ता समितिका अध्यक्षको राजीनामा माग गरेको अध्यक्ष आहवान श्रेष्ठ कायष्ठले बताए ।

‘मध्यपुर थिमि नगरपालिका र आयोजनामा पटक–पटक ताकेता गर्दा पनि आयोजना तथा नगरप्रमुखलगायत जिम्मेवार पदाधिकारीहरुले समस्या समाधान गर्नतिर ध्यान नदिएकोले आज हामीले बाध्य भएर तालाबन्दी गर्नुपरेको हो,’ अध्यक्ष श्रेष्ठले बताए ।

तस्बिर : सामाजिक सञ्जाल
ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -