नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखा अध्यक्षमा तमखु

मध्यपुर थिमि (भक्तपुर) । नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला शाखाको नवौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

अधिवेशनले रामगोपाल तमखुको नेतृत्वमा ९ सदस्य कार्यसमिति पुनर्गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सुरेश ख्वाकः श्रेष्ठ, सचिव देवेन्द्र प्रजापति, कोषाध्यक्ष चन्द्र कृष्ण (गोपाल) श्रेष्ठ, सदस्यहरू क्रमशः श्यामकुमार था श्रेष्ठ, प्रकाश मल्ल, हरिसुन्दर छुंका, रेणु त्वानावासु र विरेन्द्र खाइजु सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रममा सञ्चार क्षेत्रमा दिएको योगदानको कदरस्वरुप अग्रज सञ्चारकर्मी कृष्ण प्रजापतिलाई ‘स्वर्गीय हरिलाल–श्रीलक्ष्मी श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । नगद १० हजारसहित सञ्चारकर्मी प्रजापतिलाई सम्मान गरेको थियो ।

राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले आफ्ना बुबा–आमाको सम्झनामा पत्रकारिता पुरस्कार स्थापना गरेका हुन् ।

केके मानन्धर
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -