नेवाः इतिहासका ज्ञाता लाछी सम्मानित

काठमाडौं । नेवा दे या दबुः को १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मध्यपुर थिमिका गणेशराम लाछी यस वर्षको नारायणदेवी तीर्थ समाजसेवा पुरस्कारबाट सम्मानित भएको छ ।

सांस्कृतिक धरोहर तथा नेपालभाषा, साहित्य र संस्कृति संरक्षक एवम् नेवाः इतिहासका ज्ञाता लाछीलाई नगद १ लाख रुपैयाँसहित पुरस्कृत गरिएको हो ।

नेपालभाषा, साहित्य, कला संस्कृति र रीतिरिवाजको संरक्षणमा पुर्याउनु भएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरेको लाछीले बताए । पुरस्कारले नेवा परम्परा, संस्कृति, कला, साहित्यको संरक्षण र प्रबद्र्धनमा लाग्न थप ऊर्जा र प्रेरणा प्राप्त भएको उनले बताए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -