विराट गुथिमा कर्माचार्य

भक्तपुर । भक्तपुरको ऐतिहासिक संस्था विराट नेपालभाषा साहित्य सम्मेलन गुथिको २१ औं अधिवेशन तथा ५२ औं साधारणसभा शनिबार सम्पन्न भयो ।

गुथिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यको सभापतित्वमा भएको अधिवेशनले कर्माचार्यकै अध्यक्षतामा एक जना पछि थप्ने गरी १० सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । कार्यसमितिमा उपाध्यक्ष महेन्द्रलाल कायस्थ, सचिव प्रदिपरत्न शाक्य, कोषाध्यक्ष रामगोपाल चगुठी, सहसचिव सुलोचना सैंजु, सदस्यहरुमा हिरण्यप्रताप सांगामी, योगेन्द्रप्रसाद श्रेष्ठ, विजेन्द्रबीर कर्माचार्य, इन्द्रकुमार साखः र रत्नालक्ष्मी भैल रहेका छन् ।

कार्यक्रममा गुथिका सचिव पुष्पलाल तिमिलाले आ.व. २०७८/८९ को वार्षिक प्रतिवेदन र आ.व. २०७९/८० को कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । त्यस्तै गुथिका कोषाध्यक्ष रामगोपाल चगुठीले आ.व. २०७८/७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विराट गुथिले वाग्मती प्रदेश सरकार, गुथिका सदस्यहरु तथा विभिन्न सहयोगी दाताहरुबाट प्राप्त आर्थिक सहयोगले आºनै भवन निर्माण कार्य सुरु गरेको र उक्त भवन निर्माणमा अझै आर्थिक सहयोग आवश्यक भएकोले सहयोगको लागि पनि अपिल गरेको अध्यक्ष कर्माचार्यले बताए ।

गुथिका पूर्वअध्यक्ष एवं वरिष्ठ साहित्यकार त्रिरत्न शाक्यले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा संस्थापक सदस्य एवं पूर्वअध्यक्ष नरेन्द्रभक्त हाडा, वरिष्ठ कवि एवं पूर्वअध्यक्ष डा. योगेन्द्र प्रधान, पूर्वअध्यक्ष लोकेन्द्र बज्राचार्य र कृष्णभक्त बोडे उपस्थिति रहेको थियो ।

कार्यसमितिको कार्यकाल तीन वर्षको हुने विधानले व्यवस्था गरेको छ ।

बाबुकाजी साछें श्रेष्ठ
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -